PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

माइतीघरमा गुन्जियो च्याब्रुङ, ओलीको कदमविरुद्ध आज पनि जारी रह्यो आन्दोलन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नागरिक समाजले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ।

'प्रतिगमन विरुद्ध प्रतिरोध' भन्दै सुरु भएको बृहत नागरिक आन्दोलन अन्तर्गत आज सागीतिक कार्यक्रमसहित विरोध कार्यक्रम गरिएको हो।

ओलीको कदमको विरोधमा 'प्ले कार्ड' सहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्। कार्यक्रममा च्याब्रुङ बजाएर प्रतिगमनको विरुद्ध प्रदर्शन गरिएको छ। च्याब्रुङ पूर्वी पहाडी जिल्लाहरुमा लोकप्रिय बाजा मानिन्छ। पूर्वका लिम्बुहरुले विभिन्न चाडपर्वमा च्याब्रुङ बजाउने गर्छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मौलिक शैलीका आन्दोलनका कार्यक्रमहरु जारी छ। आन्दोलनकारीले प्रधानमन्त्री ओलीमात्र होइन राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पनि 'प्लेकार्ड' बाट विरोध जनाएका थिए। 'देश चलाउने विवेकले हो, सनकले होइन' भन्दै उनीहरुले प्रश्न गरेका छन्, 'म नागरिक संविधानको पालक, नेताज्यू तपाईँ नि?

उखान टुक्कामा प्रधानमन्त्री ओलीले निक्कै प्रयोग गर्छन्। उनीविरुद्ध आन्दोलनमा उभिएकाहरुले पनि त्यही शैली पछ्याएका छन्।

'संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर' भन्दै उनीहरुले संविधान विघटनको दुस्साहस, लोकतन्त्रको उपहास भनेका छन्। त्यसैगरी जो रक्षक उही भक्षक र समृद्धिको यात्रा, ओलीको गाईजात्रा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका छन्। एउटा प्ले कार्डमा यस्तो पनि देखियो :
संसद विघटन? - एस पापा!
प्रतिगमनको बाटो? - एस पापा!
जनादेश उपेक्षा? -  हाहाहा...



ट्रेन्डिङ पोस्ट

Ncell