PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मजदुरका नाममा २६ वटा व्यवसायिक फर्म दर्ता : एक अर्ब ३२ करोड राजस्व छलीको अभियोग, २८ जनाविरुद्ध मुद्दा



पहिलोपोस्ट

मजदुरका नाममा २६ वटा व्यवसायिक फर्म दर्ता : एक अर्ब ३२ करोड राजस्व छलीको अभियोग, २८ जनाविरुद्ध मुद्दा

काठमाडौँ : झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। मुद्दामा कूल एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो दाबी गरिएको छ।

विभागले सर्लाहीका रामकिशोर प्रसाद समेत २८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। प्रसादले विभिन्न व्यक्तिका नाममा २६ वटा व्यवसायिक फर्म दर्ता गराइ सबै फर्मको बैंक खाता आफूले नै सञ्चालन गरेको विभागको अनुसन्धानबाट खुलेको छ। झुट्टा तथा नक्कली विजक प्रयोग गरी आर्थिक वर्ष २०७१/०७२ देखि मूअक तथा आयकर छली गरेको विभागको दाबी छ।

फर्महरु मजदूरका नाममा दर्ता गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

विभागले मूअकतर्फ ४३ करोड ८१ लाख ८० हजार ३७८ र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ रुपैया बिगो दाबी गरेको छ। यस्तै, आयकर तर्फ ८६ करोड ५६ लाख एक हजार ७८५ रुपैयाँ चुहावट गरेको दाबी अभियोगपत्रमा गरेको छ।

विभागले बिगो अनुसारको जरिवाना र कैद दाबी समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell