PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

३० लाख गायब भएपछि सुदूरपश्चिममा थप चर्किएको गुटको झगडा, थापा र रावलबीच आरोप प्रत्यारोप



एम बम

३० लाख  गायब भएपछि सुदूरपश्चिममा थप चर्किएको गुटको झगडा, थापा र रावलबीच आरोप प्रत्यारोप
फाइल फोटो।

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नेताहरूबीच अहिले सङ्गठनात्मक तथा संस्थागतमात्रै नभएर व्यक्तिवादी आरोप प्रत्यारोप समेत केन्द्रदेखि तल्लो तहसम्म खुलस्त हुन थालेको छ। उदाहरणका लागि नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाको यो फेसबुक स्ट्याटसलाई लिन सकिन्छ। उनी ओली निकट नेता हुन्।

नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन...

Gepostet von Karna Bahadur Thapa am Mittwoch, 30. Dezember 2020

पार्टीका प्रदेश इन्चार्ज भीम रावलको संलग्नतामा पार्टीको खाताबाट ३० लाख गायब पारिएको उनको आरोप छ। पार्टीका कार्यकारी अध्यक्ष तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर रावलले पार्टीलाई विभाजन गर्न मुख्य भूमिका खेलेको थापाको आरोप छ। भीम रावलको निर्देशनमा खाताबाट रकम गायब पार्ने काम भएको उनले पहिलोपोस्टसँगको कुराकानीमा पनि बताए।

‘भीम रावलको निर्देशनमा यो काम भएको स्पष्ट छ, र यसलाई हामी यत्तिकै छोड्ने पक्षमा छैनौँ’ उनले भने।

यता पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावलले भने त्यसको जवाफमा प्रदेश कार्यालय सञ्चालन गर्ने क्रममा उक्त रकम खर्च गरिएको बताए।

धनगढीमा शुक्रबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले भने, ‘प्रदेश कार्यालय र खाता सञ्चालन गर्ने क्रममा उक्त रकम हाम्रो पार्टीको प्रदेश कमिटीका सचिव र कार्यालय सचिवले काम विशेषले आफ्नो आवश्यकता अनुसार रकम त्यसबाट अर्को ठाउँमा पठाउने, केही रकम काम गर्दाखेरी हाम्रो काममा खर्च गर्ने काम भएको छ।’

उनले अगाडी भने, ‘हाम्रो पार्टीका तत्कालीन प्रदेश अध्यक्ष कर्ण थापाजी र केपी गुटका हिमायतीहरूले सो विषयमा एकदम अशीष्ट शब्दमा सचिव तथा यहाँका कर्मचारीलाई धम्क्याउने काम गर्नुभएको छ, जुन एकदम निन्दनीय छ। उहाँको त्यस्तो अराजक र त्यो केपी शर्मा ओलीजीको शब्द सापटी लिने हो भने बाहुबली लगाएर यहाँ कोही हल्लिने वाला छैन, तर्सिने वाला छैन।’

उनले आफू लगायत केही नेताहरूलाई गालीगलौज र धम्की दिने काम भएको भन्दै पार्टीको विधि अनुसार सञ्चालन भएको खाताका विषयमा तर्कहीन भएर गालीगलौज गरेको बताए। तर्कहीन भएपछि मान्छे गालीगलौजमा उत्रने उनको भनाइ छ। उनले कर्ण थापा र उनका गुटका मान्छेहरूको हतासा र पलायनले यो कार्य भएको भन्दै कर्ण थापालाई पलायनवादीको संज्ञा दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell