PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

म्यानचेस्टर युनाइटेडले गर्‍यो शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडले गर्‍यो शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लामाथि जित निकालेको छ। ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा युनाइटेडले एस्टोन भिल्लामाथि २-१ गोलअन्तरको जित निकालेको हो।

रोमाञ्चक खेलको ४० औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा पहिलो हाफमा युनाइटेड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भिल्लाले खेल बराबरीमा ल्यायो। खेलको ५८ औं मिनेटमा बेरट्रान्ड ट्राओरले गोल गर्दै एस्टोन भिल्लालाई बराबरीमा ल्याए। तर लगत्तै युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल थपे। उनले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।

जितसँगै युनाइटेडले तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक बराबरी गरेको छ। लिभरपुल र युनाइटेड दुबैको समान १६ खेलबाट ३३ अंक छ।

त्यस्तै २६ अंक जोडेको एस्टोन भिल्ला तालिकाको छैटौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell