PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पीएम कप महिला क्रिकेटको आज सेमिफाइनल: एपीएफ र सुदूरपश्चिम, प्रदेश १ र लुम्बिनी भिड्ने



पहिलोपोस्ट

पीएम कप महिला क्रिकेटको आज सेमिफाइनल: एपीएफ र सुदूरपश्चिम, प्रदेश १ र लुम्बिनी भिड्ने

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज सेमिफाइनलका दुई खेल हुँदै छन्। आज हुने पहिलो खेलमा समूह ‘ए’ को विजेता विभागीय टोली एपीएफले समूह ‘बी’ उपविजेता सुदूरपश्चिमको सामना गर्नेछ। त्यस्तै दोस्रो खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ।

दाङको लमही क्रिकेट मैदानमा पहिलो खेल ९ बजे र दोस्रो खेल १ बजे सुरु हुनेछ। आजको खेलमा विजयी टोलीले आइतवार फाइनल खेल्नेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell