PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्ड नेप‍ालको आन्दोलनमा काँग्रेसको 'ब्रेक' : मोर्चाबन्दी सफल नभएपछि एक्लै सडकमा उत्रिएको नेकपाले किन रोक्यो संघर्षका थप कार्यक्रम?



प्रकाश भण्डारी

प्रचण्ड नेप‍ालको आन्दोलनमा काँग्रेसको 'ब्रेक' : मोर्चाबन्दी सफल नभएपछि एक्लै सडकमा उत्रिएको नेकपाले किन रोक्यो संघर्षका थप कार्यक्रम?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको आन्दोलनमा अलमल देखिएको छ। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सडक संघर्ष गर्ने रणनीतिमा जुटेको प्रचण्ड नेपाल समूहको आन्दोलनमा बुधवार एकाएक ब्रेक लागेको थियो।

मंगलवार शक्ति प्रदशन गर्दै बुधवार फेरि थप कार्यक्रम अघि बढाउने तय भएको थियो। तर मोर्चाबन्दीका लागि काँग्रेसलाई पर्खिरहेको यो समूहले कांग्रेसको साथ नपाएपछि पर्ख र हेरको रणनीतिमा थियो। काँग्रेस अदालतमा बिचाराधिन बिषयमा आन्दोलन नगर्ने योजनामा छ। अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भए ओलीसँगै सहकार्य गरेर सत्तामा र नभए चुनावको तयारीमा लाग्ने कांग्रेसको रणनीति छ।

एक्लै जनपरिचालन गर्ने

शनिवार प्रचण्ड नेपाल समूहको संघर्ष समितिको बैठक बस्दै छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित समितिको बैठकले आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। 'समितिको बैठक बसेर आन्दोलनको कार्यक्रमबारे छलफल हुन्छ। त्यसपछि सचिवालयको बैठक बस्छ। त्यहाँ पनि छलफल भएर निचोडमा पुगेपछि सार्वजनिक गरिने छ,' उनले भनिन्।

पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै पुस ९ गतेको केन्द्रीय कमिटिको बैठकले दोस्रो चरणमा झनै सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो।

अलमलमा प्रचण्ड-नेपाल

मंगलबारको बिरोध सभामै बुधवार पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम तय गर्ने बताएको प्रचण्ड नेपाल समूह बुधवार भने अलमलमा देखियो। लगातार आन्दोलनमा जुटेको सन्देश दिन पहिलो चरणको आन्दोलन समापनकै भोलिपल्ट पेरिसडाँडामा जुटेपनि त्यो सफल भएन। बुधवार स्थायी कमिटी, सचिवालय, बागमती प्रदेश संसदीय दल, अखिल नेपाल महिला संघ लगायतको बैठक बोलाइएको थियो पार्टी कार्यालयमा। तर स्थायी कमिटी र सचिवालयको बैठक बस्न सकेन।

बुधवारको बैठकअघि प्रचण्ड नेपाल समूहका केही नेताले काँग्रेसका नेतासँग छलफल गरेका थिए। काँग्रेसले तत्काल आन्दोलनमा नजाने बताएपछि केही दिन कांग्रेसलाई कुर्ने प्रचण्ड नेपालले निर्णय गरेको थियो।

प्रचण्डको ध्यान वामदेवमा, वामदेवको ध्यान अन्तैतिर

नेकपा विभाजन नभए अघि उपाध्यक्ष वामदेव गौतम ओलीका कट्टर आलोचक थिए। सचिवालय बैठकमा ओलीले दुबै पदबाट राजिनामा मागेका थिए, वामदेवले। तर, उनी ओलीले देखाएको आश्वासन सँगै बदलिएर ओलीलाई नै साथ दिरहेका हुन्थे।

संसद विघटनपछि भने उनले कुनै समूहमा नजाने दाबी गरिरहेका छन्। बरु उनले पार्टी एकता राष्ट्रिय अभियान घोषणाको तयारी थालेका छन्। त्यसमा प्रचण्डको साथ रहेको गौतमले बताएका छन्। कित्ता क्लियर नगरेका वामदेव अफ्नो साथमा रहेको प्रचण्डको दाबी छ। तर वामदेव निकट नेता हरि पराजुली वामदेव कुनै पनि समूहमा नजाने दाबी गर्छन्। 'पार्टी एकताकै पक्षमा हुनुहुन्छ। उहाँ कुनै पनि ग्रुपमा जानुहुन्न,' उनले भने।

सोमवार वामदेवले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन्। त्यसका लागि सबै तयारी पुरा भएको पराजुलीले बताए।

आ-आफ्नै दाबी

प्रचण्डले सार्वजनिक रुपमै काँग्रेस सभापति शेर बहादुर देउवासँग सहकार्य हुने बताएका छन्। तर ओलीले आफू निकट नेतालाई बालुवाटारमा गरेको ब्रिफिङअनुसार देउवासँग गोप्य सहमति भइसकेको छ। संसद स्थापना भए देउवालाई प्रधनमन्त्री बनाउने सहमति भएको ओली निकट नेताको भनाई छ। देउवाको सहमति अनुसर नै संवैधानिक परिषद सम्बन्धि ओलीले पुष १ मा अध्यादेश ल्याएका थिए। पुस ५ मा भएको सिफारिसमा देउवाको भागबाट पनि सिफारिस भएको थियो।

तर, काँग्रेसकै अर्को वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने सडक आन्दोलनमा जानुपर्ने अडानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell