PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बेलायतमा विद्यालय बन्द राख्ने निर्णयको विरोध



पहिलोपोस्ट

बेलायतमा विद्यालय बन्द राख्ने निर्णयको विरोध
Getty Images

बेलायतमा नयाँ शैक्षिक सत्र सुरु हुनासाथ पुन: माध्यमिक तहका विद्यालयहरू बन्द राख्ने निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमणको संख्या ह्वात्तै बढेपछि सरकारले उक्त निर्णय गरेको हो।

डिसेम्बरको मध्यतिर त्यहाँका शिक्षा मन्त्री ग्याभिन विलियमसनले भनेका थिए – अवस्था सामान्य भएसँगै जनवरीदेखि विद्यालय खुल्नेछन्।

हाल बेलातयतमा नयाँ स्वरुपको भाइरस देखिएको छ। संक्रमित र संक्रमणकै कारण मर्नेहरूका रण अस्पतालमा बिरामीको चाप बढ्यो। असर विद्यार्थीमा पनि पर्ने भन्दै स्थानीय निकायहरूले विद्यालय बन्द राख्न दवाव दिएका हुन्।

तर, सरकारले राष्ट्रिय स्तरमा विद्यालय बन्द राख्ने निर्णयको विरोध भइरहेको छ। विद्यार्थी, शिक्षक र अभिभावकहरूमा तनाव सीर्जना गरेको बीबीसीमा जनाइएको छ

हाल दुई साताका लागि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ। शिक्षकहरूको संगठनले भने यस निर्णयको आलोचना गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell