PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सार्वजनिक भएको ३६ वर्षपछि बन्यो ‘लास्ट क्रिष्टमस’ सर्वाधिक हेरिएको गीत



पहिलोपोस्ट

सार्वजनिक भएको ३६ वर्षपछि बन्यो ‘लास्ट क्रिष्टमस’ सर्वाधिक हेरिएको गीत
Sony Music

व्हामको ‘लास्ट क्रिस्टमस’ बेलायतमा सर्वाधिक सुनिएको गीत बनेको छ। उक्त ‘फेस्टिभ क्लासिक’ सार्वजनिक भएको ३६ वर्षपघि चार्टको सबैभन्दा अगाडि आयो।

बीबीसीका अनुसार गीतलाई एकसातामै नब्बे लाखभन्दा बढी पटक सुनिएको हो।

सन् १९८४ मा व्हामको ‘द फाइनल’ एल्बममा समावेश गीत हो ‘लास्ट क्रिष्टमस।’ हरेक वर्ष क्रिष्टमस आएसँगै गीतको चर्चा हुने गर्छ। तर, हरेक वर्ष ब्यान्ड एडको ‘डु दे नो इट्स क्रिष्टमस?’ सधैं बेलायतमा सबैभन्दा धेरैपटक बजेको गीत बन्थ्यो।

सधैं दोस्रो नम्बरमा रहने लास्ट क्रिष्टमस गीत ब्रिट अवार्ड फर ब्रिटिस भिडियो अफ द इयर र अविट अवार्ड फर बेस्ट भोकल अरेन्जमेन्टका लागि मनोनित भएको थियो।

गीतलाई जर्ज मिसेलले लेखेका हुन्। उनीसँगै एन्ड्र्यु रिडगेलेले गाएका हुन्। एन्ड्र्युले बीबीसीसँग भने,’हाम्रो रेकर्ड पहिलो पटक सर्वाधिक हेरिएको बन्यो। खुशी छु।‘

गीत बेलायतसँगै डेनमार्क, स्वीडेन, स्लोभेनीयामा पनि पहिलो नम्बरमा आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell