काठमाडौं : शान्ति सदाको नयाँ गीत सार्वजनिक भएको छ। छोरीलाई पढाउन प्रेरित गर्ने ‘हमरो पढादिअ स्कूल’ बोलको मैथली गीत भिडियोसहित युट्युब रिलिज भएको हो।
गीतमा गुरुशरण सदाको शब्द र दिपेन्द्र कुमार रामकको संगीत छ।
गीतको भिडियोलाई आदित्य ठकुरीले निर्देशन गरेका हुन्। भिडियोमा सगुन सदा, शिवशरण सदा र शर्मिला सदाको अभिनय रहेको छ। छोरा र छोरी बीचको असमान व्यवहार वा विभेदले छोरीको जीवन झन् मुश्किल बनाउने कथा देखाइएको छ। त्यसैले दुबैलाई बराबर शिक्षा दिन आवश्यक हुने बताइएको छ।
गायिका शान्ति सदाले गीतमार्फत् तराई/मधेशको छोरीहरूको आवज अभिव्यक्त गरेको बताइन्। ‘पढ्ने इच्छा आभिभावक सामु व्यक्त गर्न नसक्नेहरूको आवाज बन्ने कोशिस गरेकी हुँ’, उनले भनिन्।
