PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कडाई : कालो मास्कदेखि गलबन्दी समेत प्रतिबन्ध

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा कडाई : कालो मास्कदेखि गलबन्दी समेत प्रतिबन्ध

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा कालो रंगको मास्क, टोपी, पञ्जा लगायतका सामाग्री निषेध गरिएको छ।

आज दिउँसो १ बजेदेखि प्रज्ञा प्रतिष्ठानमा आयोजित  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्ला कमिटीको भेलामा कालो रंग भएको कपडाहरु निषेध गरिएको हो। हलभित्र हुने कार्यक्रममा प्रवेश गर्ने सबै कार्यकर्ता, नेताहरुले कालो मास्क, पञ्जा, गलबन्दी लगायतको कालो रंगको कपडा लगाएर गएमा खोलेर मात्र प्रवेश वा पूर्ण प्रवेश निषेध गरिएको छ।

त्यस्तै पानीको बोतल समेत लिएर जान निषेध गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट नेता तथा कार्याकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र नेता ईश्वर पोखरेल लगायतका नेताले सम्बोधन गर्नेछन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell