PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

५ सयका भारतीय नोट सहित एक युवक समातिए



पहिलोपोस्ट

५ सयका भारतीय नोट सहित एक युवक समातिए

काठमाडौं : प्रहरीले मोरङमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रवार प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर ९ जुट विकास बस्ने २५ वर्षीय लुकास राजवंशीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले राजवंशीको साथबाट ५ सय दरको ४० वटा नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।

विराटनगर महानगरपालिका वडा नम्बर १६ दक्षिण गेट स्थित इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिमा शंका लागेर चेक गर्दा भारतीय नोट फेला परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell