PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

भारतीय कांग्रेसका नेता बूटा सिंहको निधन, मोदीले दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

भारतीय कांग्रेसका नेता बूटा सिंहको निधन, मोदीले दिए श्रद्धाञ्जली
Getty Images

भारतीय कांग्रेसका वरिष्ठ नेता एवं पूर्व केन्द्रीय मन्त्री बूटा सिंहको निधन भएको छ। उनको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो।

सिंहले पहिलो पटक अकाली दलमार्फत् चुनाव लडेका थिए। सन् १९६० देखि मात्र कांग्रेसमा सदस्यता लिएका उनले पहिलो पटक १९६२ मा लोकसभा चुनाव जितेका थिए। पछि ८ पटक लोकसभा सांसद भए।

राजनीतिक सक्रियताको अन्तिम चरणमा उनी विहारका राज्यपाल बने।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। ट्वीटरमा मोदीले लेखेका छन्,'उनी एक अनुभवी प्रशासक र गरिबको कल्याणका लागि बुलन्द आवाज थिए।'

राहुल गान्धीले उनको मृत्युलाई एक सच्चा जनसेवक एवं निष्ठावान नेता गुमाउनुको संज्ञा दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell