PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पाकिस्तानमा १९९७ पछि फेरि मन्दिरमा हमला, घटनाले गरायो भारतको ध्यानाकर्षण



पहिलोपोस्ट

पाकिस्तानमा १९९७ पछि फेरि मन्दिरमा हमला, घटनाले गरायो भारतको ध्यानाकर्षण
Getty Images

भारतले पाकिस्तानमा मन्दिर भत्काएको विषयलाई लिएर दिल्लीस्थित पाकिस्तान हाइ कमिसनको बाहिर चिन्ता व्यक्त गरिएको छ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा बुधवार एक मन्दिरमा तोडफोड भएको थियो। विहीवार भारतको विदेश मन्त्रालयले पाकिस्तान हाइ कमिसन समक्ष हमलामाथि भएको जाँचको जानकारी भारतलाई पनि दिन आग्रह गरेको थियो।

भारतले उक्त हमलामा जिम्मेवार मानिसहरूविरुद्ध आवश्यक कारवाहीको माग गरेको छ। द हिन्दुका अनुसार पाकिस्तानी उच्चायोगसँग भनिएको छ,'पाकिस्तान सरकारले अल्पसंख्यक समुदायको सुरक्षा र भलाइमा ध्यान दिन्छ भन्ने अपेक्षा राखेका छौं।'

सन् १९९७ पछाडि दोस्रो पाकिस्तानमा मन्दिरमा हमला भएको हो।

घटनापछि पाकिस्तानको केन्द्रीय एवं प्रान्तीय सरकारले ३० भन्दा बढी मानिसलाई गिरफ्तारको आदेश दिएको छ।

पाकिस्तानको डन न्यूजलाई उद्घृत गर्दै बीबीसीले लेखेको छ – पक्राउ पर्नेमा मौलाना र जमात-उलेमा-ए-इस्लामका नेता रहेका छन्। उनीहरूलाई पूजास्थल भत्काउने, धार्मिक भावनामा आघात पुर्‍याउने, लुट, आगजनी र हमलाको आरोपसहित गिरफ्तार गरिएको हो।

प्रान्तका मुख्यमन्त्रीले एक कार्यक्रममा उनीहरूलाई मन्दिर पुनर्निर्माणको निर्देशन समेत दिएका छन्।  पाकिस्तानका हिन्दू काउन्सिलका प्रमुख रमेश वंकवानीले सर्वोच्च अदालतमा अपील दर्ता गरेका छन्। अदालतले यसलाई गम्भीर चिन्ताको विषय बताउँदै आउँदो ४ जनवरीसम्म रिपोर्ट बुझाउन आदेश दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell