PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गृहमन्त्रीको प्रष्टीकरण : प्रधानमन्त्रीलाई कमरेड होइन, अपराधीको रुपमा खडा गर्नुभयो



पहिलोपोस्ट

गृहमन्त्रीको प्रष्टीकरण : प्रधानमन्त्रीलाई कमरेड होइन, अपराधीको रुपमा खडा गर्नुभयो

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कम्युनिस्ट पार्टीभित्र केही व्यक्तिमा सत्ता लोलुप भएका कारण गुट खडा गरेको तर्क गरेका छन्।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले कम्युनिष्ट पार्टी कुनै राजनीतिक संघर्षले नभएर लोभले गुटमा गएको दावी गरेका हुन्।

'राजनीतिक विषयमा संघर्ष छैन। सत्ता अंश भण्डामा झगडा भएको हो। को राष्ट्रपति बन्ने, को प्रधानमन्त्री, को अध्यक्ष र मन्त्री हुनेमात्र बहस भएको हो,' गृहमन्त्री थापाले भने।

त्यस्तै, अब निर्वाचन मार्फत् जनतामा गएर अवसरवादीलाई पाखा लगाउन गृहमन्त्री थापाले दाबी गरेका छन्। अहिलेको संसदले स्थायित्व दिन नसकेकाले संसद विघटन भएको थापाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै कु गर्ने खेल भएपछि प्रतिनिधिसभा विघटन गरेको उनको दाबी थियो।

गृहमन्त्री थापाले भने, 'प्रधानमन्त्रीलाई कमरेडको रुपमा नभएर आरोपीको रुपमा आरोपत्र खडा गर्नुभयो। प्रधानमन्त्रीलाई आफ्नो नेताको रुपमा होइन, अपराधीको रुपमा खडा गर्नुभयो। उहाँहरुले योजना बनाउनु भयो। हामीले उहाँको अध्यक्षलाई हटाउने कुरा सही छैन भनेका थियौं। पार्टी विभाजनतिर लैजान्छ, फिर्ता लिनुहोस् भनेका हौं। तर, मान्नु भएन।'

अब चुनाव मार्फत् जनतासमक्ष गएर नै स्थायी सरकार गठन हुने उनले दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell