PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो शहरी विकास मन्त्री प्रभु साहको गाडी



पहिलोपोस्ट

पैदल यात्रुलाई ठक्कर दिएर भाग्यो शहरी विकास मन्त्री प्रभु साहको गाडी

जनकपुरधाम : शहरी विकास मन्त्री प्रभु साह सवार ना १ झ ३८४२ नम्बरको गाडी ठक्करबाट एकजना पैदल यात्रु घाइते भएका छन्। सर्लाही, हरिवनमा भएको दुर्घटनामा परी लालबन्दी नगरपालिका वडा नं. ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ घाइते भएका हुन्।

घाइतेको अवस्था गम्भीर नभएको सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए। 'तामाङको हरिवनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ', राठौरले बताए।

दुर्घटनामा परेका व्यक्तिको उद्दार तथा अवस्थाबारे जानकारी लिनुको साटो मन्त्री साह सवार गाडी गन्तव्यतर्फ हुँइकिएको थियो। उनी रौतहटबाट महोत्तरीतर्फ कार्यक्रममा सहभागी हुन गइरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell