PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रचण्ड-नेपाल समूहले गर्‍यो माघ २३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमको घोषणा



पहिलोपोस्ट

प्रचण्ड-नेपाल समूहले गर्‍यो माघ २३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमको घोषणा

काठमाडौं : नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले माघ २३ गतेसम्मका लागि आन्दोलनको अर्को सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको यो समूहले हरेक तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनितिका साथ दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको केन्द्रीय संघर्ष समितिले दोस्रो चरणमा १८ बुँदे कार्यक्रम सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रममा वडास्तरीय भेलादेखि राजधानीमा विरवध सभा र प्रदर्शनसम्म राखेको छ।

दोस्रो चरणको संघर्ष अन्तर्गत पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरणको कार्यक्रम राखेको छ। २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन गर्ने तयारी गरेको छ। 

निर्वाचन आयोगले नेकपाको ओली गुट अथवा प्रचण्ड नेपाल गुटमध्ये कुनलाई आधिकारिक भन्छ अझै प्रस्ट भइसकेको छैन। साथै अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला कस्तो गर्छ त्यो पनि अन्दाजमै सीमित छ। यस्तोमा ओली समूहले जस्तै प्रचण्ड नेपाल समूहले पनि आफ्नो उपस्थिति स्थानीयस्तरसम्म फैलाउने रणनीति लिएको देखिन्छ। 

पुस २१ गते संघर्षको कार्यक्रम अन्तर्गत राजधानी र विभन्न शहरहरुमा राजनीतिक दलहरुसँग अन्तर्क्रिया गर्ने तयारी गरेको छ। त्यसको भोलिपल्ट नागरिक समाजसँग अन्तर्क्रिया आयोजना गर्ने सूची सार्वजनिक भएको छ।

पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधान्त्रीलाई विरोधपत्र पठाउने। त्यसको साथमा संविधानको पुस्तक दिने र राष्ट्रकका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने तय भएको छ।

आन्दोलनका अन्य कार्यक्रममा संविधान बाचन, वृहत कार्यकर्ता भेला, पर्चा वितरण, व्यानर राख्ने कार्यक्रम, वडास्तरीय भेला र सभा, पालिकाहरुमा विरोध सभा, मोटरसाइकल र्‍याली, विरोध प्रदर्शन लगायतका छन्। साथै माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस र २३ गते राजधानीमा विरोध सभा र प्रदर्शनी गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell