PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रचण्डमा पदको लागि नग्न उत्कर्ष देखियो : ईश्वर पोखरेल



पहिलोपोस्ट

प्रचण्डमा पदको लागि नग्न उत्कर्ष देखियो : ईश्वर पोखरेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता ईश्वर पोखरेलले पार्टीमा अहिले देखिएको अवस्था पुप्पकमल दाहाल प्रचण्डको पद लोभका कारण भएको आरोप लगाएका छन्। त्यस्तै, उनले अध्यक्ष दाहाललाई पदका लागि जस्तोसुकै रुप पनि परिवर्तन गर्न सक्ने चरित्र भएको बताएका छन्।

नेकपाका ओली पक्षीय कार्यकर्ताहरुलाई काठमाडौंमा सम्बोधन गर्ने क्रममा नेता पोखरेलले भने, 'एउटा कारण अवसरबादको अलिकति पनि लज्जाबोध नहुने प्रचण्डको कारण भएको हो। जता पनि छलाङ लगाउन तत्तपर हुने। जुनसबै रुप लिन पनि तत्तपर। यस्तो चरित्रको नग्न उत्कर्ष पुष्पकमल दाहालमा देखियो।'

नेता पोखरेलले पार्टीमा गुट हुनु र अहिलेको अवस्थाको दोस्रो कारण वरिष्ठ नेता माधवकुमार नेपाल भएको आरोप लगाए। नेता नेपालमा कुण्ठै कुण्ठाको भारी बोकेर हलनचल भएका माधव नेपालको कारणले पनि भएको हो।'

नेता नेपालले सरकारले घोषणा गरेको चुनावमा लाग्न समेत सबैलाई अपील गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell