PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

पार्टी के वरमझियाको पेडा पसल हो? असली हामी नक्कली तिमी भन्ने? : ‌ओली



पहिलोपोस्ट

पार्टी के वरमझियाको पेडा पसल हो? असली हामी नक्कली तिमी भन्ने? : ‌ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०२१ मा पार्टी सुदृढिकरण अभियानलाई अगाडि बढाउने बताएका छन्। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीपक्षीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'त्रिशुली नदीमा फोहोर पर्‍यो भने पानीको छालले किनारमा फाल्छ। अर्को छाल आएर पानीबाट अली परै फाल्छ,' उनले भने, 'यो वर्ष कम्यनिस्ट शुद्धिकरण अभियान चलाइने छ। त्यस्तै गरी पार्टीभित्रका फोहोरहरु फाल्ने छौँ। शुद्धिकरणको कार्य सफलतापूर्वक अगाडि बढाउने छ। यो एउटा माइलस्टोन हुने छ।'  

नेपालको लोकतान्त्रिक आन्दोलन स्पष्ट नीति भएको सही योजना भएको सही विचार भएको पार्टी नेकपा भएको र नेकपा आफ्नो भएको दाबी गरे।

'पार्टीको बैठकमा उपस्थित नभएर हराएका साथीहरुले एउटा सभा गरेछन्। त्यहाँ एउटा साथीले एउटा नारा लगाए अर्को ले अर्को त्यही ठाकठुक भयो। दुई दर्शन ढुंगा ठोकिए जस्तो। माथिका नेताको ध्यान जम्मा जम्मी कुर्सीमा छ। पदमा छ,' उनले भने, 'पद चाहिएको भए त सुन्तला खान त सुन्तला घारीमा जानुपर्छ, सल्लाघारीमा पद चाहिएको छ ठूलोठूलो लाग्नु भएको छ खडेरी परेका ठाउँमा। पार्टीलाई शुदृढ बनाउने छौँ पार्टीलाई आधि तुफानको रुपमा हाम्रो पार्टी अगाडि आउने छ।'

उनले पार्टी एकता गरेर तीन महिनामा गर्नुपर्ने काम तीन वर्षमा पूरा गर्न नदिएको आरोप लगाए।

'एउटा कमिटी, तीनटा गुट, दुईटा गुटको एउट समीकरण। पार्टीको बैठक जस्तो थिएन,' उनले भने, 'जाम कहा रहेछ। दुईटा नटवल्टु फेर्दा साथ गाडी अगाडि सरर। हामीले पार्टी निकालेका हौइनौं। आफैँ खिया लागेर निस्केका।'

उनले असली पार्टी आफ्नो र सूर्य चिन्ह आफ्नो भएको दाबी गरे। 'निर्वाचन आयोगमा निवेदन हालेछन् असली हामी हौँ भनेर। के यो बरमझियाको पेडा पसल हो? असली भन्ने असली बुढाको पेडा पसल। पेडा पसल हो असली,' उनले भने, 'पार्टी असली हामी हो सूर्य चिन्ह हामीलाई दिनुहोला। निवेदन हालेका रहेछन्। जसको घर हो उ निवेदन हाल्न जान्छ? हामी निवेदन हाल्न जानुपर्दैन। निर्वाचन आयोगका आयुक्तहरु कति दिन हाँसे होलान्!'

उनले प्रचण्ड-नेपाल समूहलाई भेट्नो कुहेर झरेका फलको संज्ञा दिए। 'भेट्नो कुहेर झरेका फलहरुले रुखै मेरै हो भनेर दाबी गर्ने?' उनले भने।

उनले प्रचण्ड-नेपाल समूहको संघर्षलाई रत्नपार्कमा औषधी बेच्नेको वरिपरी देखिने भिडको संज्ञा दिए।

'पेरिसडाँडामा पत्रकार सम्मेलन छ र अहिले कहिले कहाँ भेला गर्ने कहिले सर्वदलीय अन्तर्क्रिया गर्ने भनेर,' उनले ब्यङ्ग्य गरे, 'यति यति मान्छे त सीसीमा औषधी बेच्नेले पनि रत्नपार्कमा भेला गर्छ। रत्नपार्कमा औषधी बेच्नेले गानो गोला पिनास उहाँहरुको हालत त्यही हुनेछ। उहाँहरुसँग राजनीति छैन।'

समृद्धि देखेर दुनियाँ चकित!

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा देशलाई आर्थिक र अन्य पक्षलाई समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याएको दाबी गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी, काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले दुनियाँलाई नै आश्चर्य चकित हुने गरी आर्थिक वृद्धिदर, मानव सूचकाङ्कमा वृद्धि गरेको दाबी गरे।

'पहिलेपहिले नेपालका प्रधानमन्त्रीको चर्चा विश्वमा हुँदैन थियो। अहिले भारतका प्रत्येकलाई नेपालको प्रधानमन्त्री सोध्नु भयो भने सबैलाई थाहा छ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम सुनिन थालेको छ,' ओलीले भने।

भारत र चिनियाँका प्रधानमन्त्री र राष्ट्रपतिले पनि नेपालको समृद्धि र राष्ट्रिय आकांक्षाको विषयमा थाहा पाएको उनले बताए। तर, आफ्नै पार्टीका नेताहरुले भने विकास भएको नदेख्ने र बोल्न नगरेको आरोप लगाए। प्रधानमन्त्रीले भने, 'प्रचण्ड माधव नेपालले कहिले समृद्धि भयो भन्ने सुन्नु भएको छ? ढुङ्गो बोल्छ उहाँ बोल्नु हुँदैन। उहाँहरुलाई चित्त दुख्छ। श्रेय अरुलाई नै जान्छ भन्ने। छाती त उत्रै छ तर चित्त भने कत्रो? ओलीले देश विकामा अगाडि बढिरहेको र बढिरहने दाबी समेत गरे।

मिडियामाथि आक्षेप

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रायोजित समाचार प्रकाशित गरिरहेको आरोप लगाएका छन्। आफू निकट नेकपाका कार्यकर्ताहरुको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

'तपाईँहरु देख्नुहुन्छ। आफूलाई लोकप्रिय भन्ने पत्रिकाहरुले पहिलो पेजमा जाली समाचार छापेका छन्। जनतालाई दिग्भ्रमित पार्ने गरी,' उनले भने, 'पहिलो पेजमा प्रायोजित समाचार प्रकाशित गरेका छन्। प्रतिनिधिसभा पुन:स्थापना गरेर प्रधानमन्त्री यसलाई बनाउँछु।'

प्रतिनिधिसभा पुनस्थापना हुँदैन। छानो चुह्यो, पुरानो भयो। नयाँ बनाउँछु भन्दा छिमेकी कराउँछ बा? छानो चुहियो। खाट कता सारी राख्ने?,' उनले भने, 'अब कता पुरानो टिन खोज्न जाने?'

उनले प्रतिनिधिसभा विघटनको निर्णयबाट फर्किने कुरा नभएको बताए। उनले मुद्दा हाल्न पाउनले बताउँदै प्रतिनिधिसभा प्रधानमन्त्रीले विघटन गर्न सक्ने दाबी गरे।

एक क्षेत्रमा जितेर देखाउन चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंको सिट ल्याएर देखाउन चुनौती दिएका छन्। आज ओली समूहको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्।

प्रधानमन्त्रीले भने, 'दुईवटा अंक भएको सिट ल्याएर देखाउनहोस्। तर उहाँहरु त्यस्तो स्थितिमा पुग्नुहुन्न।'

त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीमा फर्किए अझै केन्द्रीय कमिटीमा राखिराखेको समेत बताए। 'केन्द्रीय कमिटीमा राखेका छौं। अब फर्किएर उपद्रो मच्चाउन पाइँदैन। पार्टीको कार्यकर्ता झैं बोल्नुपर्छ,' उनले भने।

सूर्य चिन्ह र पार्टीको नाम आफूसँग भएको दावी दोहर्‍याए उनले। यदि बहुमत आफुसँग छ भन्ने लागेको भए चुनावमा गएर प्रमाणित गर्न समेत चुनौती दिए। प्रधानमन्त्री ओलीले एउटा क्षेत्रबाट मात्र बहुमत ल्याएर देखाउन चेतावनी दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell