PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

फ्रान्समा भइरहेको त्यो 'डान्‍स पार्टी' जुन बन्यो प्रहरीको टाउको दु:खाई



पहिलोपोस्ट

फ्रान्समा भइरहेको त्यो 'डान्‍स पार्टी' जुन बन्यो प्रहरीको टाउको दु:खाई

कोरोना भाइरस फैलदो अवस्थामा फ्रान्समा आयोजित एक गैर-कानूनी डान्स पार्टीमा २५ सयभन्दा बढी मानिसले सहभागिता जनाएका छन्। ब्रिटानीको लिउरोनस्थित एक गोदाममा आयोजित पार्टी विहीवारदेखि अझैसम्म जारी रहेको बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार पार्टीमा सहभागी अधिकांश बेलायत र स्पेनका हुन्। उनीहरूले आगो लगाउनेदेखि कार्यक्रम रोक्न गएका प्रहरीविरुद्ध प्रहार गर्नेसम्मका व्यवहार देखाए। घटनामा परी तीन प्रहरी अधिकारी घाइते भएका छन्। प्रहरीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ,'हामी कार्यक्रममा सहभागीलाई नियन्त्रणमा लिन गएका थियौं तर उनीहरूबाटै अस्वभाविक व्यवहार सहनुपर्‍यो।'

कार्यक्रममा सहभागी निकै कमले सामाजिक दूरी कायक गरेको बारे एकले एएफपीसँग बताएका छन्। प्राय आइतवारदेखि मंगलवारसम्म बस्ने योजनामा छन्। उनीहरू आफू आएकै गाडीमा निदाउँदैछन्। केहीले कार्यक्रम निकै मर्यादित् र खानेकुराको स्टलसहित व्यवस्थापन गरेको बताएका छन्।

शुक्रवार बेलुकी फ्रान्सका आन्तरिक मामला मन्त्री गेराल्ड डार्मानिनले उक्त कार्यक्रम व्यवस्थापनको विषयमा बैठक राखेका थिए। उनका अनुसार दुई सयभन्दा बढी गाडीलाई रोकेको र मौखिक चेतावनी दिएको बताए। 

फ्रान्सले त्यहाँ नयाँ स्वरुपको कोरोना भाइरस देखेएपछि संक्रमण नियन्त्रणका लागि कडा निर्देशनहरू जारी गरेको थियो। करिव एक लाख प्रहरी नयाँ वर्ष केन्द्रित पार्टीहरू रोक्नकै लागि र कर्फ्यू लगाउनका लागि तैनाथ गरिएको थियो।

त्यहाँ २० लाख भन्‍दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै ६४ हजार ८ सय ९२ मानिस संक्रमणकै कारण मरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell