PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मिडियाले प्रायोजित समाचार प्रकाशित गरेको प्रधानमन्त्रीको आरोप



पहिलोपोस्ट

मिडियाले प्रायोजित समाचार प्रकाशित गरेको प्रधानमन्त्रीको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले प्रायोजित समाचार प्रकाशित गरिरहेको आरोप लगाएका छन्। आफू निकट नेकपाका कार्यकर्ताहरुको भेलामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

'तपाईँहरु देख्नुहुन्छ। आफूलाई लोकप्रिय भन्ने पत्रिकाहरुले पहिलो पेजमा जाली समाचार छापेका छन्। जनतालाई दिग्भ्रमित पार्ने गरी,' उनले भने, 'पहिलो पेजमा प्रायोजित समाचार प्रकाशित गरेका छन्। प्रतिनिधिसभा पुन:स्थापना गरेर प्रधानमन्त्री यसलाई बनाउँछु।'

प्रतिनिधिसभा पुनस्थापना हुँदैन। छानो चुह्यो, पुरानो भयो। नयाँ बनाउँछु भन्दा छिमेकी कराउँछ बा? छानो चुहियो। खाट कता सारी राख्ने?,' उनले भने, 'अब कता पुरानो टिन खोज्न जाने?'

उनले प्रतिनिधिसभा विघटनको निर्णयबाट फर्किने कुरा नभएको बताए। उनले मुद्दा हाल्न पाउनले बताउँदै प्रतिनिधिसभा प्रधानमन्त्रीले विघटन गर्न सक्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell