PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एउटा क्षेत्रमा मात्र बहुमत ल्याएर देखाउन ओलीको प्रचण्ड-नेपाललाई चुनौती



पहिलोपोस्ट

एउटा क्षेत्रमा मात्र बहुमत ल्याएर देखाउन ओलीको प्रचण्ड-नेपाललाई चुनौती

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई निर्वाचनमा गएर दुई अंको सिट ल्याएर देखाउन चुनौती दिएका छन्। आज ओली समूहको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो चुनौती दिएका हुन्।

प्रधानमन्त्रीले भने, 'दुईवटा अंक भएको सिट ल्याएर देखाउनहोस्। तर उहाँहरु त्यस्तो स्थितिमा पुग्नुहुन्न।'

त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीमा फर्किए अझै केन्द्रीय कमिटीमा राखिराखेको समेत बताए। 'केन्द्रीय कमिटीमा राखेका छौं। अब फर्किएर उपद्रो मच्चाउन पाइँदैन। पार्टीको कार्यकर्ता झैं बोल्नुपर्छ,' उनले भने।

सूर्य चिन्ह र पार्टीको नाम आफूसँग भएको दावी दोहर्‍याए उनले। यदि बहुमत आफुसँग छ भन्ने लागेको भए चुनावमा गएर प्रमाणित गर्न समेत चुनौती दिए। प्रधानमन्त्री ओलीले एउटा क्षेत्रबाट मात्र बहुमत ल्याएर देखाउन चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell