PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ



रासस

बालिका बलात्कारको अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

गाईघाट : उदयपुरको बेलका नगरपालिका-३ मा छ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउ पर्नेमा बेलका-३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन्। बालिका बलात्कार गरेको जाहेरी शुक्रवार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए।

पीडित बालिकाको शुक्रवार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell