PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

थप ४१९ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ४१९ जनामा कोभिड-१९ को संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४१९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ६ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ।

योसँगै नेपालमा दुई लाख ६१ हजार ४३८ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८७० जनाको मृत्यु भइसकेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५० संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ५३ हजार ८५७ पुगेको छ।

हाल नेपालमा पाँच हजार ७११ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell