PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

भित्र प्रधानमन्त्रीको ‘कमेडी’ भाषण, बाहिर दर्शकमा टुटेन हाँसोको फोहरा

भित्र प्रधानमन्त्रीको ‘कमेडी’ भाषण, बाहिर दर्शकमा टुटेन हाँसोको फोहरा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा भएको भेलामा व्यंग्यले भरिएको भाषण गरे। नेकपा काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको वृहत कार्यकता भेलामा प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहविरुद्ध हाँस्यरसले भरिएको सम्बोधन गरेका थिए।

उखान टुक्काले भरिएका अभिव्यक्तिका बीच उनले प्रचण्ड-नेपाल समूहविरुद्ध आलोचना र व्यङ्ग्यको फायर खोलेका थिए। ओलीले आफूलाई चार्ली च्याप्लिनसँग तुलना गर्न समेत भ्याए।

ओलीको भाषण सुनेर प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित कार्यकर्ताहरुले भरमग्दुर मजा दिए। उनले भाषण गर्दै गर्दा हल हाँसो, ताली र सिठीले गुञ्जिएको थियो नै बाहिर स्क्रिनमा हर्नेहरुको पनि हाँसोको फोहरा टुटेको थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell