PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु



रासस

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी : बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पाटन-पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका-३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell