PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

चण्डीमाई क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीलाई



पहिलोपोस्ट

चण्डीमाई क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीलाई

वीरगंज : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटुवामा आयोजना भएको श्रीचण्डीप्रसाद टी-२० क्रिकेट प्रतियोगिताको उपाधि प्रसौनीले जितेको छ।

खुटुवा क्रिकेट क्लबले आयोजना गरेको नकआउट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा प्रसौनीले भलुहीलाई ४ विकेटले हराउँदै उपाधि उचालेको हो। टस जितेर ब्याटिङ रोजेको भलुहीले १७ ओभर खेल्दै १० विकेटको क्षतिमा सय रन मात्र बनाउन सकेको थियो। भलुहीका तर्फबाट आरिफ हवारीले सर्वाधिक २५ रन बनाएका थिए।

प्रसौनीका बलर नबि आलमले २६ रन खर्चिदै ३ विकेट लिएपछि भलुहीको प्रदर्शन डगमगाएको थियो।

१ सय १ रनको लक्ष्य लिएर मैदानमा उत्रेको प्रसौनीले १९ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेटएको थियो। प्रसौनीका लागि तिर्थ दासले ५३ बलमा ५० रन बनाए। दास फाइनल खेलका म्यान अफ दि मैच र म्यान अफ द सिरिज घोषित भएका थिए।

उपाधि विजेताले १५ हजार र उपविजेताले ७ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र हासिल गरेका छन्।

८ वटा टोलको क्रिकेट टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक क्लबका अध्यक्ष कृष्ण साहको अध्यक्षता र नेकपा प्रसौनी गाउँपालिका कमिटि अध्यक्ष विनोद जैसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कार वितरण सम्पन्न भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell