PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सकियो पर्सा बारको निर्वाचन, प्रजातान्त्रिक समूहको वर्चश्व



पहिलोपोस्ट

सकियो पर्सा बारको निर्वाचन, प्रजातान्त्रिक समूहको वर्चश्व

वीरगंज : पर्सा जिल्ला अदालत बार एसोसिएसनको उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिवमा राकेश कुमार मल्लिक र कोषाध्यक्षमा सुनिल कुमार यादव विजयी भएका छन्।

बारको प्रांगणमा आज भएको मतदानमा उपाध्यक्षका प्रत्याशी प्रेमकुमार साहले ल्याएको ४७ मतको विरुद्ध ५१ मत ल्याएर अजयकुमार श्रीवास्तव निर्वाचित भएका थिए भने सचिव पदमा रामबलीप्रसाद चौहानको ४३ मतको विरुद्ध राकेश कुमार मल्लिकले ५६ मत ल्याएर विजय हासिल गरेको प्रमुख निर्वाचन अधिकृत जितेन्द्रप्रसाद कुर्मीले जानकारी गराए।

कोषाध्यक्षमा नजमुद्दीन राउत गद्दिले ल्याएको ३२ मतको विरुद्धमा सुनिलकुमार यादवले ६३ मत ल्याएर निर्वाचित भएका थिए। यसअघि अध्यक्षमा ओमप्रकाश गुप्ता निर्विरोध निर्वाचित भइसकेका छन्। सहसचिवमा प्रतिमाकुमारी चौरसिया र अन्य १३ जना कार्य समिति सदस्य पदमा पनि निर्विरोध चयन भइसकेका छन्।

११६ सदस्यीय बारमा १ सय १ जनाले मतदान गरेका थिए भने १५ जना अनुपस्थित रहेका थिए। कोषाध्यक्ष पदमा एउटा मत बदर भएको थियो भने कोषाध्क्षको ४ वटा खण्डमा खाली छोडिएको थियो। आगामी साता सपथ ग्रहण कार्यक्रम आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई दुई वर्षे कार्यकालको लागि जिम्मेवारी सुम्पिइने छ।

यसपालीको बारको निर्वाचनमा डेमोक्रेटिक लयर्स एसोसिएसनका उम्मेदवारहरु अधिकांश पदमा विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell