PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई हराएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिडले भिगोमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको छैठौं मिनेटमा मड्रिडले अग्रता बनाएको थियो। मार्को एसासिनोको पासमा लुकास भाजक्वेजले गोल गर्दै खेलमा अग्रता दिलाए। पहिलो हाफमा मड्रिड एक गोलले अघि रह्यो।

दोस्रो हाफमा एसासिनोले मड्रिडका लागि गोल थपे। उनले खेलको ५३ औं मिनेटमा भाजक्वेजको पासमा गोल गर्दा मड्रिडले २-० गोलअन्तरले जित निकाल्यो।

जितसँगै रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। रियल १७ खेलबाट ३६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने १४ खेलबाट ३५ अंक जोडेको एट्लेटिको मड्रिड तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै पराजयसँगै २३ अंक जोडेको सेल्टा भिगो ८ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell