PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'कामचलाउ प्रधानमन्त्री' ओली आफू विरोधीलाई खुइल्याउन यसरी उत्रे तल्लोस्तरमा, प्रचण्डले पाए 'पुड्के' उपमा, प्रचण्ड-माधवलाई नाँगेझार पार्ने इश्वरको दाबी



प्रकाश भण्डारी

'कामचलाउ प्रधानमन्त्री' ओली आफू विरोधीलाई खुइल्याउन यसरी उत्रे तल्लोस्तरमा, प्रचण्डले पाए 'पुड्के' उपमा, प्रचण्ड-माधवलाई नाँगेझार पार्ने इश्वरको दाबी

काठमाडौं : स्वभाबिक आशा थियो,  देशको कार्यकारी सहभागी सभा भव्य होला, अनि सभ्य पनि। देश संकटमा भासिएका बेला प्रतिनिधि सभा विघटनपछि कामचलाउ प्रधामन्त्री पदमा आसिन व्यक्तिको अभिव्यक्ति कस्तो आउला? सभाका वक्ताले कार्यकर्तालाई साक्षी राखेर के वाचा गर्लान्?

तडकभडकपूर्ण तयारी

यस्तै प्रश्न गम्दै शनिवार दिउँसो प्रधानमन्त्री केपी ओली समूहको कार्यकर्ता भेलास्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी लागियो। सुरक्षा कडा बनाउन बाहिर सडकमा पनि तैनाथ थिए सुरक्षाकर्मी। प्रगँणमा पानीको फोहोरा, भवनको दायाँबाया प्रत्यक्ष हेर्नमिल्ने मोनिटर, मोनिटरमा हेर्न पनि कार्यकर्ताको तछाडमछाडले बाहिरै आँकलन गर्न सकिन्थ्यो-हल भरिभराउ छ। प्रधानमन्त्रीको भाषण सुनाउन एक किसिमको तडकभडक तयारी भइसकेको रहेछ।

भित्र छिर्नेहरुलाई गेटमा उभिएका सुरक्षाकर्मीले कालो मास्क र टोपी खोल्न लाउँथे। तल्लो तलाबाट भित्र जाने बाटोमा ठेलमठेल देखिएपछि सोझै हलको सबैभन्दा माथितिर (बाल्कोनी) लागियो।

हल भरिभराउँ, प्यासेजमा पनि कार्यकर्ता बसेका थिए। संचारकर्मी थिएनन्। सबैभन्दा तल टाइपड ठड्याएर तम्तयार थिए दृश्य लिन सञ्चारकर्मीहरु। स्वंयमसेवकले बस्न ठाउँ नभएकालाई बाहिर जान निर्देशन गरेपछि बाहिर निस्कनुपर्‍यो। सोझै ग्राउण्ड फ्लोरमा झरेपछि टाइपड ठड्यार बसेका सञ्चारकर्मी कहाँ ठेलमठेल गर्दै पुगियो।

मञ्चमा भाषण गर्दै थिए, नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई। उनकै अगुवाइमा भएको थियो, भेला। सबैभन्दा बाँयातिर थिए शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, उनको नजिक उपप्रधानमन्त्री ईश्वर पोखरेल। दायाँतिर थिए रामबहादुर थापा बादल। बिचमा सभा अध्यक्ष गरेर आसिन थिए- काठमाडौं जिल्ला कमिटी अध्यक्ष राई। बीच्चको एउटा कूर्सी भने खाली नै थियो। तर कूर्सीको पछाडि सुरक्षाकर्मी र अगाडि बोल्न ठिक्क पारिएको माइक थियो। प्रधानमन्त्री ओली सभामा उपस्थित भइसकेका थिएनन्। प्रधानमन्त्री, उपप्रधानमन्त्री र राईको कूर्सी अगाडिको टेबलमा थियो रातो कपडा बिछ्याइएको। तर ग्रृह र शिक्षा मन्त्रीका अगाडि टेबुल थिएन, छ्याङङै देखिन्थ्यो खुट्टा।

सभाको अध्यक्षता गर्दै स्वागत मन्तब्य दिएर राई बिदा भएपछि बोल्ने पालो शिक्षामन्त्री श्रेष्ठले पाएका थिए।

प्रचण्डलाई 'पुड्के' उपमा

बिस्तारै भाषण थालेका श्रेष्ठको अभिव्यक्तिमा आक्रोश मिसिदै थियो।  जति धेरै उनले आफू बिरोधी नेतालाई गाली गर्थे उती नै गडगडाहट ताली बज्थ्यो।

उनी यतिसम्म आक्रोशित भएकी नेकपाका अध्यक्ष हाल व्यबहारिक रुपले अलग पार्टीको नेतृत्व गरिरहेका प्रचण्डको नाम भन्नै रुचाएनन् बरु 'प्रचण्डे' भन्नसम्म भ्याए। उनी त नै भनेर सम्बोधन गर्थे। उनले प्रचण्ड र पुष्पकमल दाहालको भेद चित्रण गर्नसमेत भ्याए। ओलीलाई समर्थन गर्दा पुष्पकमल र बिरोध गर्दा प्रचण्ड भएको टिप्पणी गरे।

'उहाँका दुई वटा नाम छन्। पुष्पकमल दाहाल हुँदा लुम्बिनीमा गएर परेवा उडाउँछ। प्रचण्ड हुँदा यी देख्नुभयो अहिले जस्तो हुन्छ,' उनले भने, 'बेलैमा बुद्धि पुराइनस् पुड्के टाउकोमा हात लगाइ बस्' भन्ने दिन आउँदैछ।'

कार्यकर्ताको गडगडाहट तालिले प्रफुल्लित थिए उनी। त्यसैले उनी तिखो आलोचना गर्नमै ब्यस्त रहे।

नाँगेझार पार्ने इश्ववरको दाबी

उनी पछि बोल्ने पालो अयो उपप्रधानमन्त्री पोखरेलको। उनले पनी आफू विरोधी नेतालाई गाली गर्नमै समय खर्चिए।

नग्न उत्कर्षमा पुगेको प्रचण्ड र कुण्ठा बोकेको माधव नेपालको कारण देशमा संकट आएको पोखरेलको भनाइ थियो।

उनको हाउभाउ हेर्दा उनी तर्क गरिरहेका थिएन्न उनी खिसिट्याउरी गर्नमै ब्यस्त थिए। 'माधवले के भनेको उधारो सम्झौता हुदैन हात हातै चाहिन्छ,' आक्रोशित हुदै पोखरेले प्रश्न गरे, 'नांगेझार पार्नैपर्छ। अध्यक्ष हटाउन खोजेपछि प्रतिवाद गर्नैपर्छ। केपी ओली सधै अध्यक्ष बन्ने कुरा गर्नुभएको छैन। नयाँ पुस्तालाई दिऊ भन्दा किन प्रचण्ड नेपालले घोसेमुन्टो लगाएको।'

पोखरेलले भाषण गरिरहेकै बेला ओली देखा परे। मञ्चमा उक्लिएपछि हात हल्लाए, मास्क खोले, हात हल्लाए र  मुस्कुराउँदै बसे। यति बेला नारा लागिरेहेको थियो- राजनेता केपी ओली जिन्दावाद!

सभाले पर्खिरहेको थियो ओलीलाई। नारा लगाईरहेका कार्यकर्ता प्रतिक्षामा थिए, ओलीका उखान टुक्का सुन्न।

पत्तासाफ गर्न गिरेरै भाषण शुरु

अगाडि भाषण सुरू भो ओलीको, पछाडि हुटिङ र ताली। ओली पुलकित थिए, कार्यकर्ता देखेर। त्यसैले बेला बेला आफू बिरोधी नेतालाई गाली गर्न उखानटुक्का सुनाउँथे। उनी तर्क गर्थे विवाद के को थियो- पदको, कुनै सिद्धान्तको त थिएन। सैद्धान्तिक छलफल नै नभएको दाबी गर्ने ओलीले कुनै कम्युनिस्ट सिद्दान्तको कुरा भने गरेन्न। बरु उनी आफफ्नै पूर्ववर्ती सहकर्मीलाई तल्लो स्तरको भाषामा आलोचना गर्थे।

'भेट्नो कुहेर झरेका फलहरुले रुखै मेरै हो भनेर दाबी गर्ने?' ओलीको टिप्पणीको भाषा थियो।

'पार्टीको बैठकमा उपस्थित नभएर हराएका साथीहरुले एउटा सभा गरेछन्। त्यहाँ एउटा साथीले एउटा नारा लगाए अर्को ले अर्को त्यही ठाकठुक भयो। दुई दर्शन ढुंगा ठोकिए जस्तो। माथिका नेताको ध्यान जम्मा जम्मी कूर्सीमा छ। पदमा छ,' उनले भने, 'पद चाहिएको भए त सुन्तला खान त सुन्तला घारीमा जानुपर्छ, सल्लाघारीमा पद चाहिएको छ ठूलोठूलो लाग्नु भएको छ खडेरी परेका ठाउँमा। पार्टीलाई सुदृढ बनाउने छौँ पार्टीलाई आधि तुफानको रुपमा हाम्रो पार्टी अगाडि आउने छ।'

ओलीले प्रचण्ड नेपाललाई आक्रमण गर्ने प्रयो गरिएको भाषा यस्तो थियो:

जसको कटेरो उसको पुच्छर बाहिर?

यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली भनेर दाबी गर्नलाई? यो पेडा पसल होइन। पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको भनेर मलाई जानकारी आएको छ। जसको घर हो ऊ निवेदन हाल्न जानु पर्छ।

एकपल्ट मैले दुई केटाकेटी देखेको थिएँ। एकजना बच्चाको हातमा खेलौना थियो। अर्कोले कस्तो राम्रो खेल्न देउ न, हेर्न देउ न भन्दै माग्यो। सोझो हिसाबले उसले दियो। दुईटैले एकछिन मिलेर खेले। एकछिन पछि फेरि अघि खेलौना माग्नेले नै लियो।'

यता उनले पार्टी कुनै वरमाझियाको बुढोको पेडाको पसल नभएको पनि बताए। उनले भने, 'यो बरमाझियाको बुढोको पेडा पसल हो र म नै असली भनेर दाबी गर्नलाई? यो पेडा पसल होइन। पार्टी हाम्रो हो। हामी नै असली हौँ भनेर निवेदन दिएको भनेर मलाई जानकारी आएको छ। जसको घर हो ऊ निवेदन हाल्न जानु पर्छ? जसको जमिन र गाडी हो ऊ जानु पर्दैन। पार्टीको विधान र नियमावली र कानुनअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ।'

उनले आफू बिरोधी नेतालाई खुइल्याउन अनेक तर्क गर्थे। सायद उनले भाषणको बेला आफू देशको कार्यकारी भएको बिर्से। त्यसैले उनी परिस्थितिलाई सामान्ययीकरण गर्न होइन झन उत्तेजक बनाइरहेका छन्। तल्लो स्तरमा झरेर आफू बिरोधीलाई गाली गर्दा प्रम ओलीलाई के कति फाइदा भयो होला?

त्यसैले आँट गरेरै सोधियो प्रधानमन्त्री ज्यू तपाइकै भाषामा तपाइको बोनसको जिन्दगीमा शनिवार प्रज्ञा प्रतिष्ठानमा बिताएको समय कति उपलब्धिमुलक भयो?

राजनीतिक संस्कारको गफ दिएर नथाक्ने प्रम ज्यू तपाइको भाषा राजनीति हो की लाजनीति?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell