PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

लकाजेटको दोहोरो गोलमा आर्सनलको जित, टोटेनहम शीर्ष तीनमा



पहिलोपोस्ट

लकाजेटको दोहोरो गोलमा आर्सनलको जित, टोटेनहम शीर्ष तीनमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वेस्ट ब्रुममाथि सहज जित निकालेको छ। द हावथ्रोन्स स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्टब्रुमलाई ४-० ले हराउँदै आर्सनलले सहज जित निकालेको हो।

आर्सनलको जितमा अलेक्जान्ड्रे लकाजेटले दोहोरो गोल गर्दा किइरन टिअर्ने र बुकायो साकाले एक गोल गरे।

खेलको २३ औं मिनेटमा टिअर्ने र २८ औं मिनेटमा साकाले गोल गर्दा पहिलो हाफमा आर्सनल दुई गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा लकाजेटले दुई गोल थपे। उनले खेलको ६० र ६४ औं मिनेटमा गोल गर्दा आर्सनलले ४-० को सानदार जित निकालेको हो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्स्परले लिड्स युनाइटेडलाई ३-० गोल अन्तरले हराएको छ। घरेलु मैदानमा टोटेनहमलाई ह्यारी केनले अग्रता दिलाएका थिए। उनले खेलको २९ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ४३ औं मिनेटमा सन ह्युङ मिनले केनको पासमा गोल गर्दा पहिलो हाफमा टोटेनहम दुई गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा घरेलु टोलीका लागि टोबी एल्डरवेइल्डले गोल थपे। उनले खेलको ५० औं मिनेटमा सन ह्युङ मिनको पासमा गोल गरेका थिए।

जितसँगै १६ खेलबाट २९ अंक जोडेको टोटेनहम शीर्ष तीनमा उक्लिएको छ। शीर्ष दुईमा रहेका म्यानचेस्टर युनाइटेड र लिभरपुलको समान ३३ अंक छ। त्यस्तै पछिल्ला तीन खेलमा लगातार जित निकालेको आर्सनल १७ खेलबाट २३ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ। त्यस्तै समान २३ अंक जोडेको लिड्स १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell