PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोटेश्वरको सडकमा कसले छाड्यो पेस्तोल?



पहिलोपोस्ट

कोटेश्वरको सडकमा कसले छाड्यो पेस्तोल?

काठमाडौंः प्रहरीले आज बिहानै कोटेश्वर चोकमा पेस्तोल फेला पारेको छ।

काटेश्वरबाट जडीबुटी जाने बाटोमा एयरपोर्टको साइटतर्फ पेस्तोल फेला परेको हो। अहिलेसम्म पेस्तोल कसको हो? कसरी आयो? खुल्न सकेको छैन।

'सडकबाट पेस्तोल फेला परेको हो। कसको हो भन्ने खुलेको छैन। अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने।

सडक छेउमा पेस्तोल देखेपछि बस काउन्टरका मानिसले प्रहरीलाई खबर गरेका थिए। एक २५ वर्षीय युवकले आफ्नो मोबाइल खोस्न मोटरसाइकलमा आएका मानिसको साथबाट पेस्तोल खसेको बयान दिएका छन्।

'मेरो मोबाइल लुट्न आएका थिए। त्यही क्रममा खसेको भनेको छ। यथार्थ के हो अनुसन्धान भइरहेको छ,' डीएसपी बस्नेतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell