PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

हिन्दु धर्मको अपमान गरेको आरोपमा ५ स्ट्यान्डअप कमेडियन पक्राउ



पहिलोपोस्ट

हिन्दु धर्मको अपमान गरेको आरोपमा ५ स्ट्यान्डअप कमेडियन पक्राउ

इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियनलाई गिरफ्तार गरेको छ। द इन्डियन एक्सप्रेसका अनुसार हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

कमेडियन मुनव्वर फारूकीसहित एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाज्ञ शनिवार अदालतमा पुर्‍याइयो। त्यहाँ उनीहरूमाथि कुटपिटसमेत भयो।

यस घटना मन्दसौर, उज्जैन र इन्दौरमा साम्प्रदायिक हिंसा भएको चार दिनपछि भएको हो। प्रहरीका अनुसार पाँचै कमेडियनका भिडियो प्रमाणका रुपमा पेश गरिएको थियो। प्रहरीले भनेका छन्,'भिडियोमा कमेडियनले आपत्तिजनक टिप्पणी गरेका छन्।' 

उनीहरूलाई भेट्न पुगेका साथीमाथि कुटपिट भएको भिडियो अनुराग द्वारीले ट्वीट गरेका छन्। 

आप नाराज थे तो कॉमेडियन के खिलाफ मामला दर्ज हो गया, लेकिन ये क्या तरीका था कि उनसे मिलने आये उनके दोस्त को पीट दिया,कोर्ट परिसर में? फिर जिन लोगों ने कॉमेडियन के साथ मारपीट की उनके खिलाफ भी तो मामला दर्ज हो? @ndtv @ndtvindia @hussainhaidry @GargiRawat @VTankha @manishndtv pic.twitter.com/6U01yer4jT

— Anurag Dwary (@Anurag_Dwary) January 2, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell