PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विरोधसभा तथा प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गर्नेलाई कारवाही गर्ने गृहमन्त्रीको चेतावनी



पहिलोपोस्ट

विरोधसभा तथा प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीको चरित्र हत्या गर्नेलाई कारवाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौंः सडकमा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चरित्र हत्या गर्ने प्रकृतिका नारा लगाएको भन्दै महिलाहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। आइतवार अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै कारवाही गर्न माग गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सडकमा राष्ट्रपति र प्रधानमन्त्रीको विरोध भइरहेको छ। त्यसो त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु छुट्टै गठबन्धन बनाएर सडकमा ओर्लिएका छन्।

नेपाली कांग्रेस, जनता समाजबादी लगायत दलहरु प्रधानमन्त्री ओलीको कदम बिरुद्ध छन्। यसरी विभिन्न दलहरुले गर्ने बिरोध सभा तथा प्रदर्शनमा राष्ट्रपतिको चरित्र हत्या हुने किसिमको नारा लगाएको भन्दै अखिल नेपाल महिला संघ गृहमन्त्री कहाँ पुगेको हो।

गृहमन्त्री थापाले चरित्र हत्या हुने किसिमको कुनै पनि कार्य गरेको पाइए कारबाही हुने दाबी गरेका छन्। कारबाहीको लागि प्रकृया समेत अगाडि बढाएको जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell