PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोभिड-१९ को नयाँ भेरियन्ट कति खतरनाक?



पहिलोपोस्ट

कोभिड-१९ को नयाँ भेरियन्ट कति खतरनाक?

कोभिड-१९ को नयाँ भेरियन्ट पूरानो स्वरुपको भाइरसभन्दा बढी संक्रामक भएको पाइएको छ। एक अध्ययनका अनुसार नयाँ स्वरुपको भाइरसमा 'आर नम्बर' अर्थात् प्रजनन संख्या ०.४ देखि ०.७ सम्म बढी हुन्छ।

त्यस्तै बेलायतमा देखिएको भाइरसको आर नम्बर १.१ देखि १.३ सम्म भएको अनुमान छ। संक्रमितको संख्या घटाउनका लागि उक्त संख्या १.० भन्दा कम हुन आवश्यक छ।

के हो आर नम्बर?

भाइरसको संक्रमण क्षमता हो आर नम्बर। यसले एक संक्रमित औसत रुपमा कतिजनामा संक्रमन सार्न सक्छ भन्ने निर्धारण गर्छ। यो १ भन्दा बढी भयो भने महामारी पनि बढ्छ। किनकि कुनै संक्रमितले एकभन्दा बढी मानिसमा संक्रमण सारिरहेको हुन्छ। उक्त संख्या एकभन्दा कम छ भने त्यसबाट संक्रमण फैलदैन।

इम्युनिटी बिना खटिराको आर नम्बर १५ हो। यसको मतलव खटिरा संक्रमित एक व्यक्तिले औसत १५ जनामा संक्रमण सार्छ।

कोरोना भाइरसको आर नम्बर करिव ३ हो। बीबीसीका अनुसार यो संख्या निकाल्नका लागि कुल संक्रमित र संक्रमणका कारण मर्नेको दर प्रयोग हुन्छ। त्यसैबाट संक्रमण फैलने क्षमता अनुमान लगाइन्छ।

लण्डनको इम्पेरियल कलेजका प्राध्यापक एक्सल गैडीका अनुसार कोरोना भाइरसको नयाँ र पूरानो स्वरूपमा निकै धेरै अन्तर छ। भन्छन्,'नयाँ भेरिन्ट निकै सजिलै फैलन सक्छ। निकै गम्भीर परिवर्तनहरू हुन सक्छन्।'

इम्पेरियल कलेको अध्ययनका अनुसार बेलायतमा नोभेम्बरमा नयाँ प्रकारको संक्रमण तीन गुना बढेको छ। त्यस्तै पूरानो संक्रमण घटेर एक तिहाइ बाँकी छ।

संक्रमणको दोस्रो वेभमा संक्रमण ह्वात्तै बढेको छ। हरेक दिन संक्रमण दर सर्वाधिक हुनुको रेकर्ड बनिरहेको छ।

सुरुवाती अध्ययनहरूका अनुसार कोभिड-१९ बीस वर्षभन्दा कम उमेरका मानिसमा बढी छिटो फैलन सक्ने बताइएको थियो। विशेषगरी माध्यमिक तहका बालबालिकामा। तर, प्राध्यापक गैडीका अनुसार नयाँ भेरियन्ट जुनसुकै उमेर समूहका मानिसमा पनि सजिलै फैलन सक्‍छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell