PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति



पहिलोपोस्ट

भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

भारतका दुई कम्पनीको कोभिड-१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्टिच्यटको कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो।

ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर बनाएको हो।

डीसीजीआईका निर्देशक डाक्टर वीजी सोमानीका अनुसार भारत बायोटेक कोभ्याक्सिन सुरक्षित भएको। बीबीसीका अनुसार त्यसले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउने बताएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको निर्णयमा खुशी व्यक्त गर्दै ट्वीट लेखेका छन् : यस कदमले देशलाई कोरोना भाइरसको संक्रमणमुक्त बनाउन सहयोग पुर्‍याउँछ।

उनका अनुसार कोरोनामाथि बनेको विज्ञको समितिले शनिवार आपत्कालीन प्रयोगका लागि मन्जुरीको सिफारिश गरेको थियो। यसअघि सीरम इन्टिच्यटको कोभिशील्डलाई अनुमति दिइएको थियो।

भारत बायोटेकले कोभ्याक्सिनको मानिस र जनावरमा गरेको सबै परीक्षणको नतिजा सीडीएससीओसँग सावजनिक गरेको थियो। ती डेटाले भ्याक्सिन सुरक्षित भएको जनाउछ।

भारतमा चलिरहेको कम्पनीहरूको क्लिनिकल ट्रायल भने जारी रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell