PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

माइतीघरमा अनेरास्ववियुको नारा : बोली अलि पिरो हो, केपी ओली हिरो हो

माइतीघरमा अनेरास्ववियुको नारा : बोली अलि पिरो हो, केपी ओली हिरो हो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघरमा र्‍याली निकालेको छ।

नेकपाको ओली समूह निकट विद्यार्थीहरुले आज दिउँसो माइतीघरदेखि बबरमहलसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन्। बबरमहलमा अनेरास्ववियुले बृहत कार्यकर्ता भेला आयोजना गरेको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

भेलाको अगाडि निकालिएको र्‍यालीमा विद्यार्थीहरुले ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो। केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा, प्रचण्ड माधव मुर्दावाद’ जस्ता नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell