PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रतिनिधिसभा विघटन विरुद्ध रणनीति बनाउन नेकपाको प्रचण्ड - माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन विरुद्ध रणनीति बनाउन नेकपाको प्रचण्ड - माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध रणनीति बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ। 

बैठकले संघर्षका कार्यक्रम तय गर्नुका साथै आगामी रणनीति बनाउने बताइएको छ। आन्दोलन सशक्त बनाउन र संगठनबारे निर्णय गर्न बैठक बसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पुस ९ गतेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीलाई संघर्षका कार्यक्रम तय गर्ने जिम्मेवारी दिएको थियो। साथै सो बैठकले स्थायी कमिटीलाई रिक्त स्थानमा पदपूर्तीको जिम्मेवारीसमेत दिएको थियो। 

आजको बैठकले अरु पार्टीसँग प्रतिनिधिसभा विघटन विरुद्ध संयुक्त मोर्चा बनाउने विषयमासमेत निर्णय गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell