PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा आएपछि कर्णाली सरकार सुरक्षित



पी बी खड्का

ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा आएपछि कर्णाली सरकार सुरक्षित

सुर्खेत : कर्णालीमा पूर्व माओवादीका दुई जना सांसद प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहमा गएपछि संकटमा परेको प्रदेश सरकारका मन्त्री नै प्रचण्ड-नेपाल समूहमा फर्केपछि थप सुरक्षित बनेको छ।

हुम्लाबाट निर्वाचित सांसद एवं कर्णालीका सामाजिक विकास मन्त्री दल रावल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहमा फर्किएपछि प्रदेश सरकार सुरक्षित बनेको हो। रावतसहित दुई मन्त्री र एक जना सांसद प्रचण्ड नेपालमा समूहमा आएका हुन्।

यसअघि प्रधानमन्त्री ओली निकट मानिने रावलले कर्णाली प्रदेशको विकास र समृद्धिको महान उद्देश्य पूरा गर्न पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको भन्दै हस्ताक्षर नै गरेर उक्त समूहमा संलग्न रहेको प्रतिवद्धता गरेका छन्।

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका बेला मन्त्री पदबाट राजीनामा दिन तम्सिएका रावल प्रचण्ड नेपाल समूहमा फर्केपछि प्रदेश सरकार नढल्ने संकेत गरेका छन्।

गएको असोजमा नेकपाकै १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए। प्रचण्ड नेपालको समीकरण अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेपाल पक्षका ७ सांसदपछि हटेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो। नेकपाको केन्द्रीय नेतृत्व विभाजित बनेपछि कर्णालीका दुई सांसद प्रधानमन्त्री ओली समूहमा गएपछि पुनः सरकार जोखिममा थियो। तर, पछिल्लो समय मन्त्री रावल प्रचण्ड नेपाल समूहमा फर्किएपछि थप बलियो बनेको छ।

प्रचण्ड नेपाल समूहका एक सांसदका अनुसार मन्त्री दल रावलसंगै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र अर्का एक जना सांसद समेत प्रचण्ड नेपाल समूहमा आएको दावी छ। मन्त्री बुढा र अर्का एक सांसद बाहिर नखुलेको उनको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell