PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

वैशाखदेखि पुससम्म पार्टी फुटाउन ३१५ बैठक भएको ‌ओलीको आरोप



पहिलोपोस्ट

वैशाखदेखि पुससम्म पार्टी फुटाउन ३१५ बैठक भएको ‌ओलीको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखदेखि पुससम्म पार्टी फुटाउनका लागि ३ सय १५ वटा बैठकहरु भएको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उनले गएका तीन वर्षमा आन्दोलनको मैदानमा जन्मिएको, आन्दोलनको मैदानमा हुर्किएको संगठन छ कि छैन जस्तो भएको बताए।

'बितेका तीन वर्षमा तपाईँहरु यसरी भेला हुन पाउनुभएको थियो? देशलाई अगाडि धकेल्न पाउनुभएको थिएन। तपाईँहरुलाई रोकिएको थियो,' उनले भने, 'पार्टी त छ कि छैन जस्तो, पार्टीका केही नेता सरकारले गरेका राम्रा काम छोप्न ब्यस्त रहे, सरकारले गर्दै नगरेका कामहरुको आलोचना गर्दै गए। पार्टी नेतृत्वलाई कसरी कमजोर पार्ने त्यसै कुरामा उनीहरुको कुरामा ध्यान भयो।'

उनले वैशाख १३ गतेदेखि पुससम्म पार्टी फुटाउन खुमलटारमा मात्र २ सय ८० वटा बैठक बसेको बताए।

'आज बिहान मात्र रेकर्ड पल्टाएर हेरेको, खुमलटारमा मात्र पार्टी फुटाउने बैठकहरु २ सय ८० वटा बसेका रहेछन्। ३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले अगेना, कहिले प्रेसिडन्सियल कलेज, नयाँ वानेश्वरमा एउटा के होटेल छ नि अर्याल रे,' उनले भने, '३ सय १५ वटा पार्टी फुटाउने नेतृत्वलाई खुइलाउने, सरकारलाई बदनाम बनाउन कम्युनिस्ट खुद्रा मसिना दुई जना, तीन जनाका बैठक बाहेक। केही नेताहरु, साथीहरु खुब मिलेका जस्तै खुमलटार गए पनि सँगसँगै, कोटेश्वर गए पनि सँगसँगै, अगेनामा आगो ताप्न बसे पनि सँगसँगै, कलेज पढ्न जाँदा पनि सँगसँगै।'

 

@pahilopost

खुब मिल्ने जस्तै कहिले खुमलटार कहिले अगेनामा आगो ताप्न

♬ original sound Pahilo Post



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell