PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

सत्यजित रेको फिल्म प्रदर्शनबाट सुरु हुँदै कोलकाता फिल्म फेस्टिभल, नेपाली फिल्म 'महानगर' पनि प्रतिस्पर्धामा



पहिलोपोस्ट

सत्यजित रेको फिल्म प्रदर्शनबाट सुरु हुँदै कोलकाता फिल्म फेस्टिभल, नेपाली फिल्म 'महानगर' पनि प्रतिस्पर्धामा

सत्यजित रेको फिल्म 'अपुर संसार' प्रदर्शनसँगै २६ औं कोलकाता फिल्म फेस्टिभल (किफ) सुरु हुने भएको छ। निर्देशक रे र फिल्मकी अभिनेत्री सौमित्रा चट्टर्जीप्रति श्रद्धाञ्जली दिँदै यस वर्षको फेस्टिभल उद्घाटन गरिने पश्चिम बेंगालका मन्त्री अरुप विश्वासले बताए।

नोभेम्बरमा हुने भनिएको फेस्टिभल कोभिड-१९ महामारीका कारण पछि सारिएको थियो। जनवरी ८ देखि सुरु हुने किफ ७ दिन लामो चल्नेछ। फेस्टिभलमा फिचर, सर्ट र डकुमेन्ट्री गरी १ सय ३१ वटा फिल्म देखाइनेछ। विश्वभरका ४५ देशबाट १ हजार १ सय ७० फिल्मले प्रदर्शनका लागि आवेदन दिएका थिए। छानिएका फिल्महरू कोलकाताका नन्दन, रविन्द्र सदनलगायत सिनेमाघरमा प्रदर्शन हुनेछन्।

हरेक वर्ष सत्यजित रेको सम्झनामा दिइने मन्तव्य यस वर्ष निर्देशक अनुभव सिंहाले दिँदैछन्। मन्तव्यको शीर्षक रहेको छ – भारतीष मुलधारका सिनेमामा सामाजिक उत्तरदायित्व।

नेपाली फिल्म 'महानगर' पनि उक्त फेस्टिभलमा प्रदर्शनको लागि छनौटमा परेको छ। मोहन राई निर्देशित फिल्म 'दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा' (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो। मोहन राईकै कथा रहेको महानगरमा कर्मा, मेनुका प्रधान, जीवन बराललगायत कलाकारहरूको अभिनय रहेको छ।

दर्शकका लागि टिकट अनलाइन उपलब्ध हुने द इन्डियन एक्सप्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell