PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

क्रस दुवाथलन शनिबार टोखामा हुने



पहिलोपोस्ट

क्रस दुवाथलन शनिबार टोखामा हुने
फाइल फोटो

काठमाडौं: नेपाल ट्राईयाथलन संघको आयोजनमा २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ।

नेपाल ट्राईयाथलन संघले कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियासिल गर्दै खेल मार्फत खेलाडीहरुको रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले च्यालेन्ज आयोजना गर्न लागिएको जनाएको छ। अहिले ट्राईयाथलनसँग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्राथमिकतामा राखेर च्यालेन्ज आयोजना गर्न लागेको हो।

यो च्यालेन्ज काठमाण्डौको टोखा, कीर्तिपुर र ललितपुर गरि तीन स्थानमा पाक्षिक रुपमा एक स्थानमा दुई दुई पटक स्थानिय निकाय सँग समन्वय गरि आयोजना गर्ने र अन्य स्थानमा पनि खेलस्थलको निरिक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ। यस च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेल प्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ। संघले उपत्यका बाहिरका स्थानलाई महत्वमा राख्दै स्थानीय खेलाडी उत्पादन, प्रचार प्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरु आयोजना गर्दै जाने लक्ष राखेको छ।

ट्राईयाथलनको विधाहरु मध्ये क्रस दुवाथलन पनि एक हो। क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड हुने संघका महासचिव युवराज सुनुवारले बताए। च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो सहर टोखाको गणेशस्थान देखि चन्डेस्वरी सम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएका छन्।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताएका छन्।

'जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा बार्ता भइरहेको छ। कोभिडको कारण प्रतियोगिताहरु नभइरहेको अवस्थामा खेलकुदलाई क्रियासिल बनाउनुका साथै कोभिडबाट बच्न ब्यक्तिहरुमा रोगसंग लडन सक्ने क्षमता उत्पादन गर्न समेत यसले सहयोग पुग्नेछ,' अध्यक्ष श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell