काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल सहितका नेताहरुलाई 'म यहाँ छु' भन्ने अवस्था आउने चेतावनी दिएका छन्।
नेकपाको भातृ संगठन अनेरास्वियुको ओली पक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। साथै, उनले फर्किएर फेरी यहीँ छौँ भन्न आग्रह समेत गरेका छन्।
ओलीले प्रचण्ड-नेपाल समूहको संघर्षलाई ब्यङ्ग्य गर्दै अगाडि भने, 'हाम्रो केन्द्रीय कमिटीको बैठकमा नआएर केही साथीहरु कता हराउनु भयो भनेको हामी यहाँ छौँ भनेर छातीमा प्लेकार्ड बोकेर बसिरहनु भएको रहेछ। फेरि त्यहाँदेखि पनि उठेर कता जानु भएछ।'
आफूले बैठकमा अंग्रेजीमा 'वी आर हेयर' भनेर भनेकोलाई उल्था गरेर 'हामी यहाँ छौँ' भनेको बताउँदै ब्यङ्ग्य समेत गरे।
'एउटाले सुगालाई रमाउ खुशी होउ भन्दै सिकाएछ। एक जना मान्छे मरेछन्, सुगाले पनि त्यही मन्दो रहेछ,' उनले अगाडि भने, 'मैले कुन प्रसंगमा 'वि आर हेयर' भनेको थिएँ। उहाँहरु माइतीघर मण्डलामा पुगेर हामी यहाँ छौँ भनेर टास्नु भएछ। दुनियाँले देख्यो नि उहाँहरु कहाँ हुनुहुन्छ भनेर।'
ओलीले पदका लागि गएकाहरु भन्दै प्रचण्ड नेपालसहितका नेताहरुलाई पद खाली राखिदिएको भन्दै टिप्पणीसमेत गरे। 'आउनुस् फेरि हामी यहीँ छौँ भनेर लेख्नुस्। नत्र म यहाँ छु भन्दै लेख्नुपर्ने दिन आउला।'
@pahilopost प्रधानमन्त्री ओलीको सुगाको कथा ##kpolicomedy ##PMNepal ##pahilopost
‘प्रचण्डलाई कार्यकारी दिँदा उपद्रो मच्चाए, प्रवक्ताले ट्याउ ट्याउ गरेर दुर्गन्ध फैलाए' : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको असन्तुष्ट समूहलाई बैठकमा उपस्थित हुन आह्वान गरेका छन्। अनेरास्ववियुको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महत्वाकांक्षी र पदलोलुप त्यागेर आए क्षमा दिने बताए।
‘पार्टीको बैठक छाडेर कार्की ब्याकेटङमा आउने। फेरि पनि आग्रह छ, पार्टीका मिटिङमा आउनुस्। तपाईहरुले गरेका अपराधहरु क्षमा गरौला आउनुस्,’ उनले भने।
प्रचण्डले कार्यकारी पाउँदा उपद्रो मच्चाएको र प्रवक्ताले ट्याउ ट्याउ गरेकाले हटाएको ओलीको भनाई छ। ‘प्रचण्डजीले कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनुभयो। त्यहीँ भएर कार्यकारीबाट हटाए। अध्यक्ष कायमै छ। वरिष्ठ नेताहरुको पद यथावत छ। प्रवक्ताले ट्याउ ट्याउ गरे। दुर्गन्ध फैलाए। त्यहीँ भएर हटाइएको हो। स्थायी कमिटी सदस्य कायमै छ। आउनुस् सच्चिएर काम गर्नुस्। पार्टीबाट निकालेको छैन। कारवाही गरेका छैन। अलिकति क्षमाशील हनुपर्छ । हामी क्षमाशील छौं,’ ओलीले भने।
ओलीले सहि, देशक्ति, लोकतान्त्रिक, शान्तिपूर्ण, सुशासन, भ्रष्टाचार विरोधी विचार र जनताका समस्या समाधानका विचारका साथ अघि बढ्ने र सामाजिक न्याय र समानतालाई अगाडि बढाउँदै गतिशील ढंगले यो अभियानमा अगाडि बढ्ने बताए।
पार्टी फुटाउन ३१५ बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाखदेखि पुससम्म पार्टी फुटाउनका लागि ३ सय १५ वटा बैठकहरु भएको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको ओली पक्षीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा उनले गएका तीन वर्षमा आन्दोलनको मैदानमा जन्मिएको, आन्दोलनको मैदानमा हुर्किएको संगठन छ कि छैन जस्तो भएको बताए।
'बितेका तीन वर्षमा तपाईँहरु यसरी भेला हुन पाउनुभएको थियो? देशलाई अगाडि धकेल्न पाउनुभएको थिएन। तपाईँहरुलाई रोकिएको थियो,' उनले भने, 'पार्टी त छ कि छैन जस्तो, पार्टीका केही नेता सरकारले गरेका राम्रा काम छोप्न ब्यस्त रहे, सरकारले गर्दै नगरेका कामहरुको आलोचना गर्दै गए। पार्टी नेतृत्वलाई कसरी कमजोर पार्ने त्यसै कुरामा उनीहरुको कुरामा ध्यान भयो।'
उनले वैशाख १३ गतेदेखि पुससम्म पार्टी फुटाउन खुमलटारमा मात्र २ सय ८० वटा बैठक बसेको बताए।
'आज बिहान मात्र रेकर्ड पल्टाएर हेरेको, खुमलटारमा मात्र पार्टी फुटाउने बैठकहरु २ सय ८० वटा बसेका रहेछन्। ३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले अगेना, कहिले प्रेसिडन्सियल कलेज, नयाँ वानेश्वरमा एउटा के होटेल छ नि अर्याल रे,' उनले भने, '३ सय १५ वटा पार्टी फुटाउने नेतृत्वलाई खुइलाउने, सरकारलाई बदनाम बनाउन कम्युनिस्ट खुद्रा मसिना दुई जना, तीन जनाका बैठक बाहेक। केही नेताहरु, साथीहरु खुब मिलेका जस्तै खुमलटार गए पनि सँगसँगै, कोटेश्वर गए पनि सँगसँगै, अगेनामा आगो ताप्न बसे पनि सँगसँगै, कलेज पढ्न जाँदा पनि सँगसँगै।'
@pahilopost खुब मिल्ने जस्तै कहिले खुमलटार कहिले अगेनामा आगो ताप्न
♬ original sound Pahilo Post
