PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु



पहिलोपोस्ट

थप ४२१ जनामा कोभिड-१९ को संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४ सय २१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६१ हजार ८ सय ५९ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट थप ८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या एक हजार ८ सय ७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ३७ संक्रमित संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेको संख्या हालसम्म दुई लाख ५४ हजार ४ सय ९४ पुगेको छ। हाल नेपालमा पाँच हजार ४ सय ८७ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell