PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर, किसान भने खुशी



रासस

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर, किसान भने खुशी
फाइल फोटो।

सिमकोट : हुम्लामा आज अपराह्न साढे १ बजेदेखि निरन्तर हिमपात भइरहेको छ। शनिवार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ।

यो वर्ष जिल्लामा पहिलो पटक मंसिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ। जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ।

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। उत्तरी नाम्खा गाउँपालिकामा आज बिहानदेखि हिमपात भइरहेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिए। बिहानदेखि नारा तथा लेखसहित उच्च क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेर घरबाहिर निस्कनसमेत समस्या बनाएको केसीले जानकारी दिए।

हिमपात हुँदा किसान खुशी भएका छन्। जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन्। लामो समय पानी नपरेकाले जमीन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासी हेमन्त बोहराले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell