PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

घरेलु मैदानमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी म्यानचेस्टर सिटीसँग पराजित भएको छ। स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी सिटीसँग ३-१ गोलअन्तरले पराजित भएको हो।

सिटीले तीनै गोल पहिलो हाफमा गरेको थियो। खेलको १८ औं मिनेटमा इल्के गुण्डोगनले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्को तीन मिनेट भित्रै फोडेनले केभिन डी ब्रुइनको पासमा गोल गरे। त्यस्तै खेलको ३४ औं मिनेटमा मिनेटमा डी ब्रुइनले गोल गर्दा पहिलो हाफमा सिटी तीन गोलले अघि रह्यो।

उता घरेलु टोलीका लागि कलुम हुडसन ओडोईले अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए। जितसँगै सिटी २९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उता २६ अंक जोडेको चेल्सी तालिकाको ८ औं स्थानमा छ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा न्यु क्यासलमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै लेस्टर सिटी ३२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell