PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल



पहिलोपोस्ट

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा उडिनेसेमाथि युभेन्टसले जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले उडिनेसेमाथि ४-१ गोलअन्तरले जित निकालेको हो।

खेलमा घरेलु टोलीले क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता गरेको थियो। खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो।

दोस्रो हाफमा युभेन्टसका लागि फेडेरिको सिएसाले गोल थपे। उनले रोनाल्डोको पासमा ४९ मिनेटमा गोल गरेका थिए। त्यस्तै ७० औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थपे। उता उडिनेसेका लागि मार्भिन जिजेलारले ९० औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए। त्यसपछि पनि अतिरिक्त समयमा घरेलु टोलीका पाउलो डिब्यालाले गोल थप्दा युभेन्टसले ४-१ गोलअन्तरको सानदार जित निकालेको हो।

जितसँगै युभेन्टस १४ खेलबाट २७ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ। सिरी ए को शीर्षस्थानमा १५ खेलबाट ३७ अंक जोडेको एसी मिलान छ भने दोस्रो स्थानमा समान खेलमा ३६ अंक जोडेको इन्टरमिलान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell