PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बार्सिलोनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले अंकतालिकाको पुछारमा रहेको हुएस्कामाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो एल अल्कोराजमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोङले निर्णायक गोल गरे। उनले खेलको २७ औं मिनेटमा लियोनल मेस्सीको पासमा गोल गरेका हुन्। त्यसपछि खेलमा बार्सिलोना नै हावि भए पनि गोल गर्न नसक्दा घरेलु टोलीमाथि साँघुरो जित निकालेको हो।

जितसँगै बार्सिलोना तालिकाको २८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै १२ अंक जोडेको हुएस्का तालिकाको पुछारमा छ। गएराति नै भएको अर्को खेलमा एट्लेटीको मड्रिडले एलाभेसलाई हराउँदै ३८ अंक जोड्दै शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell