PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अलाभेसलाई हराउँदै एटलेटिको मड्रिड शीर्षस्थानमा



पहिलोपोस्ट

अलाभेसलाई हराउँदै एटलेटिको मड्रिड शीर्षस्थानमा

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेसमाथि जित निकालेको छ। मेन्डिजोरोजा स्टेडियममा भएको खेलमा घरेलु टोली अलाभेसमाथि एट्लेटिकोले २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो।

एट्लेटिकोले मार्कोस लोरेन्टेको गोलमा अग्रता बनाएको थियो। खेलको ४१ औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै लेरेन्टेले अग्रता दिलाए। पहिलो हाफमा एट्लेटिको एक गोलले अघि रह्यो।

दोस्रो हाफमा अलाभेसका भिक्टर लागुआर्डिआ रातो कार्ड पाउँदै बाहिरिए पछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो। त्यस्ते ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपेले आत्मघाती गोल गर्दा अलाभेसको खाता खुल्यो र खेल बराबरीमा आयो। जितका लागि संघर्ष गरिरहेको एट्लेटिकोका लागि ९० औं मिनेटमा स्वारेजले गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै एट्लेटिको तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एट्लेटिकोले १५ खेलबाट ३८ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडले १७ खेलबाट ३६ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell