PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

क्यारिकेचर चित्रको अभौतिक प्रदर्शनी, यसरी सकिन्छ हेर्न



पहिलोपोस्ट

क्यारिकेचर चित्रको अभौतिक प्रदर्शनी, यसरी सकिन्छ हेर्न

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा सुरु भएको १० दिने भर्चुअल प्रदर्शनी जारी छ।

प्रदर्शनीमा रहेका क्यारिकेचर चित्र हेर्न चाहने हो भने यसमा क्लिक गर्नुस्। माउस होभर गर्दै तपाईँ ग्यालरीमा अभौतिक रुपमा प्रवेश गर्न सक्नु हुनेछ। र, क्यारिकेचरहरु हेर्न सक्नु हुनेछ। आर्ट ग्यालरीमा जसरी तपाईँ पालैपालो तस्बिर हेर्नुहुन्छ, यहाँ भने कि बोर्डमा रहेको एरोको माध्यमबाट तपाईँले कला हेर्न सक्नु हुन्छ।

सामाजिक क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वमाथि बनेका क्यारिकेचर अनलाइन ग्यालरी नेपालडटकममार्फत् जारी गरिएको हो। ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले उद्घाटन गरेको प्रदर्शनी तथा क्यारिकेचर कार्यशालामा चार दर्जन क्यारिकेचर समावेश छ। भर्चुअल रुपमा आयोजना गरिएको प्रदर्शनीमा तीन दर्जन क्यारिकेचरिस्टका क्यारिकेचर समावेश छ। 

प्रदर्शनीमा अशोकमान सिं, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, बासु क्षितिज, देवेन्द्र थुम्केली, योगेश खपांगी, केशवराज खनाल, रवीन्द्र मानन्धर, रवि मिश्र, दीपक गौतम, कृष्णगोपाल श्रेष्ठ, भानु भट्टराई, उमेशचन्द्र अधिकारी, पदम घले, सागर शाह, राजेश मानन्धर, नविन नाल्बो, महेश वस्ताकोटी, कमल गोसाई, दिनेश प्रधान, एनवी गुरुङ, रमिला महर्जन, उजेली सुनार, शुभा जोशी, सुजिता महर्जन, राजकी अर्याल, सानुराजा डंगोल, सौरभ कोइराला, रामहरि रिमाल, वामन चालिसे, विरोचन मल्ल, बाबु साइँला, विकास तमाकु, विनय रिमाल, अभिनाष मल्ल सहभागी छन्। 

कलाकार तथा कार्टुनिस्टहरुले केके कर्माचार्य, मदन चित्रकार, महावीर पुन, डाक्टर सन्दुक रुइत, किशोर नेपाल, कुमार नगरकोटी, दयाहाङ राई, डाक्टर गोविन्द केसी, उदितनारायण झा, सुनिल थापा, अविन श्रेष्ठ, सुजन चित्रकार, विपिन कार्की, मनोज गजुरेल, राजेश हमाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्तोष पन्त, रवि लामिछाने लगायतका क्यारिकेचर प्रदर्शनीमा राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell