PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कालिकोटमा विस्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ



पी बी खड्का

कालिकोटमा विस्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

सुर्खेत : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा कालिकोटको नरहरीनाथ गाउँपालिका ९ का ३६ वर्षीय दुर्गाराज बोहराको घरमा लुकाई छिपाई राखिएको विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बोहरासहित जाजरकोट भेरी नगरपालिका २ का ३२ वर्षीय पदमबहादुर पुन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले नाल नभएको काठको बन्दुक एक थान, २.५ लिटरको प्रेसर कुकर बम एक थान, तार एक रोल, डेटोनेटर १५ थान, पटाका ५ प्याकेट, बम बनाउने सकेट १० थान, सेफ्टि फ्युज दुई थान, गन्धक एक केजी, सोडा ५०० ग्राम, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार, विष्फोटक पदार्थ सम्बन्धी किताब, राजनीतिक प्रतिवेदन किताब, कनेक्सन स्टिक एक/एक थान नियन्त्रणमा लिएको छ। 

त्यस्तै, आल्मुनियम १५ थान र मोबाइल २ थान, नमस्ते सिम वेलकम कार्ड २० थान नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटबाट १३ जना र सशस्त्र प्रहरीको १० जनासहित २३ जनाको संयुक्त टोलीले विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रदेश कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell